अनैतिक सम्बन्धले हत्या, चार जना पक्राउ
gorkhapatraonline.com · Tue Sep 15 08:11:52 GMT 2026

महोत्तरी, भदौ ३० गते । अनैतिक प्रेम सम्बन्धको कारण महोत्तरीको बलवामा एकजना युवकलाई हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सो घटनामा सङ्लग्न एक जना भने फरार रहेका छन् ।
भंगहा नगरपालिका वडा नं. ६ बस्ने वर्ष २२ को विवेक कुमार सरदारलाई अनैतिक सम्बन्धको कारणले महोत्तरीको बलवा नगरपालिका वडा नं. ७ बनौटास्थित घर बोलाएर हत्या गरि शवलाई टुक्रा–टुक्रा पारि शौचालयको सेफ्टी ट्याङ्कमा हाली लुकाइएको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)