रास्वपाको नवप्रवर्तन तथा स्टार्टअप विभागको आधिकारिक वेबसाइट शुभारम्भ
nepallive.com · Tue Jun 23 09:58:03 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गतको नवप्रवर्तन तथा स्टार्टअप विभागले आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ। विभागले उद्यमशीलता, नवप्रवर्तन तथा स्वदेशी उत्पादन प्रवर्द्धनसम्बन्धी गतिविधिलाई थप व्यवस्थित र डिजिटल पहुँचयुक्त बनाउन वेबसाइट शुभारम्भ गरेको जनाएको छ।
विभागको आधिकारिक वेबसाइट startup.rspnepal.org मार्फत विभागका कार्यक्रम, नीति, गतिविधि तथा नवप्रवर्तनसम्बन्धी विभिन्न जानकारी उपलब्ध गराइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)