मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्रीद्वारा ७७ वटै सीडीओ र सुरक्षा प्रमुखको बैठक आह्वान

rajdhanidaily.com · Sun Jan 01 23:12:49 GMT 2023

काठमाडौं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे भर्चुअल बैठक डाकिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)