दसैं–तिहारमा देशभर सुरक्षा व्यवस्था कडा
gorkhapatraonline.com · Tue Sep 15 13:32:38 GMT 2026

नेपालका प्रमुख चाडपर्व दसैं, तिहार नजिकिएसँगै देशको समग्र सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडपर्व नजिकिएसँगै किनमेल गर्नेको घुँइचो लाग्ने ठाउँमा लुटपाट, चोरी, डकैतीजस्ता अपराधजन्य घटना घट्न सक्ने भएकाले देशभर सुरक्षा व्यवस्था कडा पारिएको केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्ले जानकारी दिनुभयो ।
प्रवक्ता काफ्लेका अनुसार मातहतका सम्पूर्ण प्रहरी कार्यालयलाई परिपत्र गरिसकिएको छ । “चाडपर्व नजिकिएसँगै देशभरका सम्पूर्ण मातहतका कार्यालयलाई परिपत्र गरिएको छ” उहाँले भन्नुभयो, “हत्या, लुटपाट, चोरी, डकैती गर्नेले मौका खोजिरहेको हुन्छ, यस्तो बेला अपराधिक गतिविधि बढ्ने भएकाले प्रहरीको सम्पूर्ण ‘यूनिट अर्लट’ अवस्थामा छ ।” चाडपर्वमा अपराधको ‘प्याटर्न’ नै फरक हुन्छ । यो बेला घर खाली हुने र पैसाको चलखेल बढी हुने भएकाले प्रहरीले यसलाई उच्च जोखिम मानेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)