अशोक यादवको पक्राउको विरोधमा प्रदर्शन, ६ जना नियन्त्रणमा
barnanmedia.com · Tue Sep 15 14:51:43 GMT 2026

नेकपाका नेता अशोक यादवको पक्राउको विरोधमा सर्लाहीको सदरमुकाम मलंगवामा मंगलबार साँझ मसाल जुलुस निकालिएको छ। नेकपाका नेता तथा कार्यकर्ताले जिल्ला विकास समितिको तीनबिघे मैदानबाट नगरपालिका चौकतर्फ मसाल जुलुस निकालेका थिए।
तर बालमन्दिर चौक पुगेपछि प्रहरीले जुलुसलाई अघि बढ्न नदिई तितरबितर पारेको थियो। सो क्रममा प्रदर्शनकारीले प्रहरीविरुद्ध पनि नाराबाजी गरेका थिए। प्रदर्शनमा उत्रिएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)