मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हत्या अभियोगमा श्रीमान श्रीमती पक्राउ

rajdhanidaily.com · Wed Jan 03 23:18:50 GMT 2024

खोटाङ । खोटाङमा महिलाको हत्या गरी लुटपाटमा संलग्न भएको अभियोगमा श्रीमान श्रीमती पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षकी पबित्रा तामाङको हत्या गरी गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका श्रीमान ३३ वर्षीय दिपक श्रेष्ठ र श्रीमती २५ वर्षकी सृजना राईलाई पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी दम्पत्तीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । प्रतिवादीलाई ललितपुर महानगरपालिका–३ बोजेपोखरीबाट पुस ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)