निजामती सेवामा एडमिनिस्ट्रेटिभ एडजुडिकेसन
rajdhanidaily.com · Thu Sep 16 23:22:34 GMT 2021
राज्य सञ्चालनलाई छिटो, सर्वसुलभ र प्रभाकारी बनाउन कार्यपालिकालाई प्रत्यायोजित विद्यायनको अधिकार भएजस्तै प्रशासनिक न्याय निरूपणको सुविधा पनि उपलब्ध गराइएको हुन्छ । जसले गर्दा कार्यपालिकालाई कानुन बनाउने र न्यायिक मामिलामा फैसला गर्ने अद्र्ध न्यायिक कार्यसम्पादन अधिकार प्राप्त हुन्छ । यसमा सर्वोच्च अदालतको केही अद्र्ध न्यायिक अधिकार कानुनतः कार्यापालिकालाई उपलब्ध हुन्छ । सोअनुरूप प्रशासनिक निकायहरूले अद्र्ध न्यायिक विवादका मामिला निम्ट्याउने काम गर्दछन् । प्रशासनिक निकायहरूले उपलब्ध अद्र्ध न्यायिक अधिकार प्रयोग गरी विवाद समाधान गर्ने प्रक्रिया प्रशासनिक निरूपण (एडमिनिस्ट्रेटिभ एडजुडिकेसन) हो । प्रशासनिक निकायले अद्र्ध न्यायिक प्रश्नको पुर्पक्ष गर्नु प्रशासनिक निरूपण हो । प्रत्यायोजित विद्यायन र प्रशासनिक निरूपण अधिकारका कारण कार्यपालिका विधायिका र न्यायपालिकाभन्दा शक्तिशाली निकायका रूपमा स्थापित हुन पुगेको देखिन्छ ।
निरूपण कुनै कानुनी विवाद समाधान वा न्याय गर्ने एक कानुनी प्रक्रिया हो । प्रक्रिया कानुन, नीति र प्रमाणमा आधारित हुन्छ । समाजमा खासगरी व्यक्ति व्यक्ति वा कर्पोरेसन, सार्वजनिक र निजी पक्षबीच तथा सार्वजनिक निकाय र सार्वजनिक व्यक्तिबीच विवाद हुने गरेको पाइन्छ । न्यायिक कार्यसम्पादन गर्दा सम्बन्धित सबै पक्षहरूलाई सूचित गरिन्छ र आ आफ्नो आफ्नो प्रमाण ल्याउन पनि अनुरोध गरिन्छ । त्यसपछि न्यायाधीकरणको निरूपण प्रक्रिया सुरु हुन्छ । अदालतले जस्तै प्रशासनिक निकायले पनि अधिकार र कानुनको आधारमा विवादको सम्बन्धमा पक्षविपक्षको भनाइ सुन्छ, प्रमाण जुटाउँछ र फैसला सुनाउँछ । प्रशासकीय न्याय निरूपण गर्ने व्यक्ति वा समूहलाई प्रशासकीय न्यायाधीकरण (एडमिनिस्ट्रेटिभ ट्राइबुनल) भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)