गृह विवादमा मध्यमार्ग खोज्दै एमाले
ekantipur.com · Thu Feb 02 01:00:09 GMT 2023
काठमाडौँ — नागरिकता प्रकरणले रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालयलाई लिएर उत्पन्न भएको विवाद मध्यमार्गी उपायबाट सुल्झाउन सत्तारूढ प्रमुख दल एमाले सक्रिय भएको छ । गृहको विवादले सत्ता गठबन्धन नै टुट्ने जोखिम बढेपछि समाधान खोज्न एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले पनि पहल गरिरहेका छन् ।
सर्वोच्च अदालतले नागरिकताको प्रमाणपत्र अमान्य ठहर गरेर सांसद पद गुमाएलगत्तै पुरानो नागरिकता ब्युँताएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पुनः गृह मन्त्रालय फर्कन खोजिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल भने गृह मन्त्रालय रास्वपालाई नै नदिने अडानमा छन् । उनले रास्वपालाई नै गृह मन्त्रालयको नेतृत्व दिन नसकिने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन् । एमाले भने गृह मन्त्रालय रास्वपालाई नै दिने तर लामिछानेबाहेकका सांसदलाई त्यसमा पठाउने गरी समाधान निकाल्नुपर्ने पक्षमा देखिएको छ । गैरसांसद र राहदानी दुरुपयोगसम्बन्धी आरोप लागेका लामिछानेलाई गृहमै फर्काउन जोड दिँदा पार्टीमा अवगाल आइपर्ने चिन्ता एमालेमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)