सुपर फोरमा बंगलादेशविरुद्ध पाकिस्तानको सहज जित
baahrakhari.com · Thu Sep 07 00:33:02 GMT 2023
काठमाडौं । एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध सात विकेटको सहज जित निकाल्यो । बुधबार गद्दाफी रंगशालामा भएकाे खेलमा बंगलादेशले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पाकिस्तानले ३९.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानको जितमा इमाम उल हकले ७८ रन बनाए । इमामले ८४ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । ७४–२ को अवस्थामा रहँदा इमामले मोहम्मद रिजवानसँग ८५ रनको साझेदारी गर्दै पाकिस्तानलाई जित नजिक पुर्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)