मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

घानासँग इंग्ल्यान्डको निराशाजनक बराबरी

kendrabindu.com · Wed Jun 24 00:24:16 GMT 2026

बोस्टन । इंग्ल्यान्डलाई विश्वकप २०२६ मा मंगलबार घानाले गोलरहित बराबरीमा रोकिदिएको छ । बोस्टनमा इंग्ल्यान्डले बलमा ७९ प्रतिशतभन्दा बढी समय आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न भने सकेन ।

अपराजित दुवै टोली यस खेलबाट नकआउट चरणमा पुग्न सकेनन् । दुवै टोलीको समान ४ अंक भएको छ । इंग्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो भने घानाले पनामालाई १–० ले पराजित गरेको थियो ।

इंग्ल्यान्डले अन्तिम खेलमा पनामा र घानाले सन् २०१८ को उपविजेता क्रोएसियासँग खेल्ने छ । इंग्ल्यान्डले सन् १९६६ यता विश्वकप जित्न सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय