मेरिङदेनको बजेट ४७ करोड ४२ लाख
gorkhapatraonline.com · Wed Jun 24 01:06:38 GMT 2026

मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ४२ लाख २४ हजार ८८३ रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष युक हाङ विर हाङ्गाम (डम्बर) को अनुमतिमा उपाध्यक्ष दुर्गा चोङबाङले गाउँसभाको १९औँ बजेट अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
उपाध्यक्ष चोङ्बाङद्धारा गाउँसभामा प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ३३ करोड ७७ लाख ९० हजार ७४३ रुपियाँ र पूँजीगततर्फ १३ करोड ६४ लाख ३४ हजार १४० रुपियाँ विनियोजन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडालाई चालु खर्चका लागि ४ लाख रुपियाँका दरले बजेट छुट्याएको छ । यस्तै, पूँजीगततर्फ प्रत्येक वडालाई न्यूनतम ६५ लाख रुपियाँ सुनिश्चित गर्दै सूत्रमा आधारित थप रकमसहित कुल ४ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)