विवेक हत्या प्रकरण : प्रहरी नियन्त्रणमा ४ जना
annapurnapost.com · Wed Sep 16 04:33:32 GMT 2026

महोत्तरी : विवेक हत्या प्रकरणमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। भंगहा नगरपालिका–६ का २२ वर्षीय विवेक सरदार हत्या प्रकरणमा महोत्तरी प्रहरीले महोत्तरी बलवा नगरपालिका–७ बनौटा टोलका ५८ वर्षीय अशोककुमार ठाकुर, २२ वर्षीया सोनुकुमारी ठाकुर, ५० वर्षीया रामकली देवी ठाकुर र महोत्तरी गाउँपालिका–५ का २८ वर्षीय सियाराम शर्मालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।
गत भदौ १५ गते दिन विवेककुमार सरदार जलेश्वर नगरपालिका–११ पिगौनस्थित आफ्नो दिदीको घरबाट बा ३१ प ६१३८ नम्बरको मोटरसाइकलमार्फत रक्षाबन्धन पर्व मनाएर घरतर्फ फर्किने क्रममा बाटोबाट बेपत्ता भएका थिए। आफ्नो घर नआएपछि परिवारजनले भदौ १६ गतेका दिन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदनमार्फत खोजतलास गरिदिनका लागि आग्रह गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)