सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन बढ्दो, पक्राउ पर्नेमा आधाजसो एसईई उत्तीर्ण युवा
ratopati.com · Wed Sep 16 08:15:00 GMT 2026

धनगढी । सुदूरपश्चिममा लागुऔषध दुर्व्यसनका घटना बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध सम्बन्धी अपराधमा १ हजार १४६ पक्राउ परेका छन् । तीमध्ये ४९३ जना एसईई उत्तीर्ण गरेका युवा छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सो अवधिमा साधारण लेखपढ गर्न सक्ने ४०३ जना, कक्षा १२ उत्तीर्ण गरेका २०७ जना र कक्षा १२ भन्दा माथि अध्ययन गरेका ४३ जना लागुऔषध सम्बन्धी अपराधमा पक्राउ परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)