मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

nepalsamaya.com · Wed Sep 16 08:29:55 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनाको विषयलाई गाडीमा मात्रै सीमित नगरी समग्र सडक सुरक्षा प्रणालीसँग जोडेर हेर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बमले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ खानीखोलामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सुरज भट्टराई, नरबहादुर सिंह ठकुरी, भुनेश्वर साह कानु र सरफरोस मियाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)