सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने पक्राउ
gorkhapatraonline.com · Wed Sep 16 11:40:49 GMT 2026

सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने २३ वर्षीय प्रशान्त जयसवाल पक्राउ परेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार सामाजिक सञ्जालमार्फत चिनजान भइ साथी बनी प्रेम सम्बन्धमा रहेको अवस्थामा खिचिएका तस्बिरहरु पीडित महिलाका आफन्त तथा परिवारजनमा सामाजिक सञ्जालमा पठाइ चरित्र हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)