मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान घरघरमा बाँड्न सर्वोच्चको परमादेश

rajdhanidaily.com · Sun Sep 10 23:20:25 GMT 2023

काठमाडौं । सर्वोच्च अदालतले हरेक नेपालीको घरमा नेपालको संविधानको प्रति बाँड्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशहरू सुष्मालता माथेमा र हरि फुयालको इजलासले हरेक घरघरमा संविधान बाँड्न परमादेश जारी गरेको हो ।

अधिवक्ता विकास भट्टराईले दायर गरेको रिटमा सर्वोच्चले आइतबार सबै नेपालीको घरमा नेपालको संविधान बाँड्न आदेश जारी गरेको हो । नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत बनाएको संविधान हरेक नेपालीको घरमा पुग्नुपर्ने भन्दै संविधानको प्रति वितरण गर्न माग गरी २०७२ सालमा रिट निवेदन दर्ता गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)