ब्राजिलविरुद्धको खेलमा सकारात्मक इतिहास रच्ने दाउमा स्कटल्यान्ड !
barnanmedia.com · Wed Jun 24 12:41:37 GMT 2026
बुधबार अमेरिकाकाे मायामीमा हुने ब्राजिलविरुद्धको खेलमा सकारात्मक नतिजा निकाल्दै स्कटल्यान्ड पहिलो पटक विश्वकपको अन्तिम ३२ मा पुग्ने रणनीतिका साथ प्रशिक्षक स्टिभ क्लार्कको टोली मैदान उत्रँदै छ।
स्कटल्यान्डले यसअघि नै हाइटीलाई १-० ले पराजित गरेर ३ अंक जोडिसकेको छ। हाल तेस्रो स्थानमा रहने उत्कृष्ट टोलीहरूको तालिकामा स्कटल्यान्ड बलियो स्थितिमा छ। डेनिस ल र केनी डाल्ग्लिस जस्ता महान् स्कटिस खेलाडीहरूले समेत कहिल्यै टोलीलाई विश्वकपको समूह चरण पार गराउन सकेका थिएनन्। सन् १९७४ को टोली त अपराजित रहेर पनि समूह चरणबाटै बाहिरिएको थियो। त्यसैले यो खेल स्कटल्यान्डका लागि दशकौँ पुरानो इतिहास बदल्ने अवसर हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)