बाटोमै ट्याङ्करबाट डिजेल निकाल्ने दुई चालकविरुद्ध चोरी मुद्दा, सर्राफ आयल पम्प कारबाहीमा
ratopati.com · Wed Sep 16 12:45:00 GMT 2026

बुटवल । रुपन्देहीको भैरहवास्थित लुम्बिनी रोडमा रहेको सर्राफ आयल पेट्रोल पम्पमा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिएको प्रकरणमा प्रहरीले दुईजना चालकविरुद्ध चोरी मुद्दा दर्ता गरेको छ ।
नेपाल आयल निगमका लागि अमलेखगञ्जबाट लुम्बिनी प्रादेशिक कार्यालय भलवारीतर्फ पेट्रोलियम पदार्थ ल्याउँदै गरेका ट्याङ्करबाट बाटोमै अनधिकृत रूपमा डिजेल निकालिएको सूचनाका आधारमा प्रहरीले मङ्गलबार सर्राफ आयल पम्पमा छापा मारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)