कोशी प्रदेश प्रहरी प्रमुख खापुङले भने – जन चाहाना बमोजिमको सुरक्षा प्रदान गर्नु
rajdhanidaily.com · Sun May 05 23:17:55 UTC 2024

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आइतबार जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा नायव महानिरीक्षक खापुङले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस, क्यान्टिन लगायत हिरासत कक्षको समेत निरीक्षण तथा अवलोकन गरेका थिए ।
भ्रमण अवलोकन पश्चात जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिँदै प्रहरी शासक होईन सेवक हो भन्ने धारणालाई आत्मसात गरी कानूनको परिधीमा रहेर जन चाहाना बमोजिमको सुरक्षा प्रदान गर्न निर्देशन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)