पेट्रोलियम पदार्थ चोरी गरी बिक्री गर्ने चालकहरूलाई कारबाही
setopati.com · Wed Sep 16 13:12:22 GMT 2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ चोरी गरी पेट्रोल पम्पमा बिक्री गर्ने ट्याङ्कर चालक र सहचालकहरूलाई निगमको कुनै पनि डिपो कार्यालयमा आजीवन प्रवेश निषेध तथा निगमको करार सम्झौतामा सञ्चालनमा रहेका कुनै पनि ट्याङ्कर चलाउन नपाउने गरी कारबाही गरेको छ।
रूपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको डिपोका लागि भारतको अमलेखगन्जबाट पेट्रोलियम पदार्थ ल्याएका तीन वटा ट्याङ्करलाई भैरहवामा रहेको सराफ आयल स्टोर्समा तेल झिक्दै गरेको अवस्थामा प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)