लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु, एक वर्षमा २० हजारभन्दा बढी हिंसाका घटना
Ujyaaloonline.com · Sat Nov 25 01:19:51 GMT 2023
काठमाण्डाै - एक वर्षमा देशभर लैङ्गिक हिंसाका २० हजारभन्दा बढी घटना भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसामा घरेलु हिंसाका घटना ८० प्रतिशत रहेका छन् ।
एक वर्षको अवधिमा घरेलु हिंसाका १६ हजार ५१९, जबरजस्ती करणीका दुई हजार ३८७, जबरजस्ती करणी उद्योगका ५१८, अपहरण तथा जबरजस्ती करणीका ५९, जबरजस्ती करणी गरी कर्तव्य ज्यानका पाँच, मानव बेचबिखन तथा जबरजस्ती करणीका १० वटा घटना भएका प्रहरीको तथ्याङ्क छ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)