साना ३ जहाज किन्ने प्रक्रियामा ऐनविपरीत निगमको चलखेल
ekantipur.com · Mon Feb 26 00:39:53 GMT 2024
काठमाडौँ — करिब ३ अर्ब लगानीमा तीनवटा साना जहाज किन्न आह्वान गरिएको ‘ग्लोबल टेन्डर’ प्रक्रियामा बोलपत्र बुझाउने जहाज उत्पादक तीनवटा कम्पनीहरू प्राविधिक मूल्यांकनमा फेल भए पनि नेपाल वायुसेवा निगम व्यवस्थापनले नयाँ टेन्डर प्रक्रियामा नगई सार्वजनिक खरिद ऐनविपरीत तीनै कम्पनीलाई प्राविधिक मूल्यांकनमा ‘पास’ गराउन चलखेल सुरु गरेको छ ।
पास भएमा निगम व्यवस्थापनलाई ७५ अंकभार भएको आर्थिक प्रस्ताव अध्ययन गर्न बाटो खुल्नेछ । २५ अंकको प्राविधिक प्रस्तावमै फेल भएकाले आर्थिक प्रस्ताव नखोली खरिद प्रक्रियालाई पुनः थाल्नुपर्ने हो तर निगम व्यवस्थापनले ऐनविपरीत प्रक्रिया अघि बढाएको छ । राष्ट्रिय ध्वजावाहक कम्पनीले ३ साना जहाज खरिदका लागि कात्तिक पहिलो साता सार्वजनिक गरेको बोलपत्रमा लेट विमान उत्पादन गर्ने चेक रिपब्लिकको एयरक्राफ्ट इन्डस्ट्रिज, डोर्नियर उत्पादन गर्ने भारतको हिन्दुस्तान एरोनटिक्स लिमिटेड र ट्विनअटर जहाज निर्माता क्यानडाको कम्पनी डी ह्याभिल्यान्ड एयरक्राफ्ट कम्पनीले प्रस्ताव पेस गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)