लागूऔषध बरामदको भिडियो तोडमोड गरी भ्रम फैलाइएको सशस्त्र प्रहरीको दाबी
gorkhapatraonline.com · Thu Oct 29 06:10:07 UTC 2026

सुनसरीमा मोटरसाइकलबाट लागूऔषध बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक प्रचार गरिएको सशस्त्र प्रहरी बल नेपालले दाबी गरेको छ । बरामद गरिएको लागूऔषधको भिडियो गलत व्याख्यासहित सार्वजनिक गरेर सुरक्षाकर्मीको कार्यसम्पादनमाथि प्रश्न उठाउने र आम नागरिकमा भ्रम सिर्जना गर्ने प्रयास भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाको भनाइ छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा गत कात्तिक ४ गते दिउँसो सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित नहर चोकनजिकबाट लागूऔषधसहितको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)