मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमतीमा असोज महिनामा सवारी दुर्घटनामा २१ जनाको मृत्यु

ratopati.com · Thu Oct 29 10:19:03 UTC 2026

मकवानपुर । बागमती प्रदेशमा असोज महिनामा एक १६३ वटा सडक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । प्रदेशका १० जिल्लामा गत महिनामा भएको घटनामा परेर २८५ जना घाइते भएका थिए ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार सो अवधिमा ५ हजार ४०६ वटा सवारी साधनलाई कारबाही गरिएको छ । असोज महिनामा कुल अपराधतर्फ ४३० वटा घटना अभिलेख भएका छन् भने जघन्य तथा गम्भीर अपराध १४५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराध ३०, आर्थिक अपराध ११ र अन्य अपराध २४४ रहेको विवरणमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)