मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशीमा दसैँको १० दिन : आत्महत्यादेखि डुंगा दुर्घटनासम्म, ५७ को मृत्यु

annapurnapost.com · Thu Oct 29 11:39:26 UTC 2026

विराटनगर : दसैँको अवधिमा १४ जिल्ला रहेको कोशी प्रदेशमा विभिन्न आपराधिक घटनाहरु भएका छन्। प्रदेशमा २२५ वटा घटना भएका हुन्। ती घटनामा ५७ जनाको मृत्यु भएको छ।

फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म १० दिनको अवधिमा भएका घटनामा ६५ जना घाइते भएका छन् प्रहरीको तथ्यांकले चाडपर्वका बेला आपराधिक गतिविधिसँगै आत्महत्या र विभिन्न दुर्घटना पनि मानवीय क्षतिको प्रमुख कारण बनेको देखाएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी सुमन तिम्सिनाका अनुसार असोज ३१ देखि कात्तिक ९ गतेसम्मको अवधिमा सबैभन्दा बढी मृत्यु आत्महत्यासम्बन्धी घटनामा भएको छ। झुण्डिएर आत्महत्या तथा त्यससँग सम्बन्धित ४४ घटनामा ४० जनाको मृत्यु भएको उनले बताए। उनका अनुसार पानीमा डुबेर तथा बगाएर पाँच जनाले ज्यान गुमाएका छन्। सप्तकोशी नदीमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जानकारी तिम्सिनाले दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)