सुन पसलमा चोरी गर्ने दुई भारतीय पक्राउ
gorkhapatraonline.com · Thu Oct 29 12:44:54 UTC 2026

सर्लाहीको हरिवन बजारमा रहेको रिद्धीसिद्धी ज्वेलर्सबाट सुनका गरगहना चोरी गर्ने दुई भारतीय बिहीबार पक्राउ परेका छन् ।
महेन्द्र राजमार्गस्थित हरिवन नगरपालिका–११, हरिवन बजारमा हरिवन नगरपालिका–७ का सुरज साहले सञ्चालन गरेको रिद्धीसिद्धी ज्वेलर्स (सुनचाँदी पसल) मा बुधबार राति चोरी भएको थियो । उक्त चोरीमा सङ्लग्न दुई भारतीय युवकलाई प्रहरीले केहीबेरमै अर्थात् बिहीबार बिहानपख ४ बजेतिर नियन्त्रणमा लिन सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)