मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार, धनुषाका २८ वर्षीय युवक पक्राउ

aarthiknews.com

काठमाडौं । बाइनान्समार्फत २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका २८ वर्षीय सुनिल कुमार यादवलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन सट्टेबाजी भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा यादवलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार यादवले बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० युएसडीटी बराबरको कारोबार गरेका थिए। प्रतियुएसडीटी १५१ रुपैयाँ ५३ पैसाको विनिमय दरका आधारमा उक्त कारोबारको नेपाली मूल्य २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ रुपैयाँ हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)