मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबर: पक्राउ परे एक युवक

barnanmedia.com · Fri Oct 30 02:52:25 UTC 2026

काठमाडौं । दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एक युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको कारोबारमा संलग्न भएको आरोपमा धनुषाका सुनिलकुमार यादवलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा यादवले अमेरिकी डलर दुई करोड ६९ लाख ८१ हजार ३८८ बराबरको क्रिप्टो कारोबार गरेको पाइएको छ। यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)