मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अघिल्लो दिन प्रहरीको ‘चेतावनीयुक्त’ विज्ञप्ति, भोलिपल्ट कसको निर्देशनमा भयो पत्रकारमाथि धरपकड ?

ratopati.com · Fri Oct 30 16:25:46 UTC 2026

काठमाडौँ । समाचार लेखेकै आधारमा नेपाल प्रहरीले शुक्रबार केही सञ्चारमाध्यमका सञ्चारकर्मीमाथि एकाएक धरपकड गरेपछि उक्त कार्यको चर्को आलोचना भएको छ । यो धरपकड यस्तो बेला भयो, बिहीबारमात्रै प्रहरी प्रधान कार्यालयले प्रहरी नेतृत्व र सङ्गठनमाथि भ्रम फैलाउने कार्य भएको जिकिरसहित त्यस्ता व्यक्तिमाथि अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको थियो ।

प्रहरी प्रवक्ता अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘...संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा सङ्गठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सीमित व्यक्तिहरूको चालबाजीलाई नेपाल प्रहरीले प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाउने ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)