मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इ–बेटिङको जालमा युवा

gorkhapatraonline.com · Sat Oct 31 02:05:04 UTC 2026

मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ बमोजिम नेपालमा जुवा खेल्न तथा सट्टेबाजी गर्न/गराउन पूर्ण रूपमा गैरकानुनी एवं अवैध मानिन्छ । यस्तो गतिविधिमा संलग्नलाई पहिलो पटकमा तीन महिनासम्म कैद वा ३० हजार रुपियाँसम्म जरिबाना र दोस्रो पटक छ महिनासम्म कैद, ५० हजार रुपियाँसम्म जरिबानाका साथै जुवा खेल्न प्रयोग भएको साधन वा जुवाबाट प्राप्त चलअचल सम्पत्ति जफत हुनेसम्मको कानुनी प्रावधान छ ।

जुवा तथा सट्टेबाजसम्बन्धी प्रचलित कानुनले जेल सजाय र जरिबानाको व्यवस्था गरे पनि कार्यान्वयन फितलो साबित हुँदै आएको छ । रातारात लखपति बन्ने सपना बोक्ने केही युवाको आकर्षण डिजिटल अथवा अनलाइन बेटिङतर्फ बढ्दो छ । बन्द कोठामा बसेर मोबाइल, ल्यापटप वा ट्याब प्रयोग गरी समूहगत रूपमा अनलाइन बेटिङ खेल्नेहरूबिच तँछाडमछाड नै चल्ने गरेको छ । मिनेट मिनेटमा लाखौँ रुपियाँको हारजित चल्ने गर्छ । छोटो अवधिमा बिनाकुनै झन्झट धेरै प्रतिफल कमाउने लोभले युवालाई यसतर्फ आकर्षित गराइरहेको हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)