दुइटा रड र चुलेसी प्रयोग गरी खनेका थिए सुरूङ, भागेका कैदी खोज्न डेढ सय प्रहरी परिचालन
setopati.com · Sat Oct 31 12:07:03 UTC 2026

डोल्पा जिल्ला कारागारबाट सुरूङ खनेर भागेका आठ जना कैदीबन्दीको खोजीका लागि झन्डै डेढ सय प्रहरी परिचालन गरिएको छ। उनीहरूको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् भने कर्णाली प्रदेश प्रहरी कार्यालयसहित आसपासका जिल्लाका प्रहरीलाई पनि सतर्क अवस्थामा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पा मातहतका विभिन्न युनिटबाट एक सयभन्दा बढी प्रहरी खोजीमा परिचालित छन्। जिल्लाका २५ स्थानबाट प्रहरी टोली खटिएको छ। त्यसबाहेक सशस्त्र प्रहरीका ३३ जना पनि खोजीमा संलग्न छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)