मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बलात्कार मुद्दामा १६ वर्ष जेल, जेनजी आन्दोलनमा भाग्दै भारतदेखि मुस्ताङसम्म

onlinekhabar.com · Sat Oct 31 12:29:24 UTC 2026

१४ कात्तिक, पोखरा । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते साँझ काठमाडौंको नख्खु कारागारबाट कैदीबन्दी भागेपछि देशभरका कारागार अशान्त बने । आन्दोलनकै क्रममा नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बाहिर निकालियो, भने अन्य एक हजार २८० जना नख्खुबाट फरार भए ।

२८ वटा कारागार र ९ वटा बाल सुधारगृह गरी कुल ३७ वटा केन्द्रहरूबाट कैदीबन्दीहरू फरार भएका थिए । काठमाडौंको कैदीबन्दी भागेको खबर देशका अन्य जिल्लामा पनि फैलिँदै जाँदा कास्की कारागार पनि अशान्त हुन पुग्यो । कास्की कारागारबाट पनि ७५३ जना कैदीबन्दी भागे ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)