डोल्पा कारागारबाट भागेकाहरूले कसरी खने झन्डै ४ मिटरकाे सुरुङ ?
kendrabindu.com · Sat Oct 31 12:34:52 UTC 2026

डोल्पा । डोल्पा जिल्ला कारागारबाट आठ जना कैदीबन्दीले सुरुङ खनेर भाग्न पर्खालको कमजोर संरचना, नरम माटो र सीसीटीभीको निगरानी नभएको क्षेत्रको फाइदा उठाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
जेलर दीर्घ आरसीका अनुसार कैदीबन्दीले सुत्ने कोठाको झ्यालमा रहेको रड निकालेर सुरुङ खन्न प्रयोग गरेका थिए। आठै जनालाई छुट्टै हलजस्तो कोठामा राखिएको थियो। उनीहरूले सुत्ने कोठाबाट पर्खालमुनि सुरुङ खनेर शौचालयको सेफ्टी ट्यांकी हुँदै बाहिर निस्किएको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)