मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनम प्रकरण र न्यायालयको दुरावस्था

nepalviews.com · Sun Nov 01 04:43:08 UTC 2026

न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख अंगहरू हुन् । ती तीन अंगहरूमध्ये सर्वाधिक महत्त्व रहेको न्यायपालिकाभित्र इनम सापकोटा प्रकरणले ठूलै आँधी तुफान मच्चाएको अवस्था छ । न्यायको मन्दिर र जन आस्थाको केन्द्र पनि भएकोले न्यायपालिकालाई यहाँ सर्वाधिक महत्त्वको भनिएको हो । न्यायालयमा मात्र नभई यसले समग्र सुरक्षा निकाय र राजनीतिक वृत्तमा पनि पराकम्पन छाडेको छ । वर्तमानको यो आँधी तुफान र यसका पराकम्पनले कस कसलाई किनारा लगाउने हो या यो काण्ड त्यतिकै सेलाएर जाने हो ? त्यो त भविष्यले नै देखाउला ।

बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको मोबाइल फोनबाट बाहिरिएका कुराकानी, तस्वीर र आर्थिक लेनदेनसम्बन्धी फेहरिस्त विवरणहरूले नागरिकहरूको न्यायपालिकाप्रतिको आस्था र सम्मान, अदालतको साख, उच्च परमासनमा आसिन न्यायमूर्तिहरूको अनुशासन, इमान्दारिता र आचरण तथा राज्यका विभिन्न अङ्गहरूबीचको सम्बन्धलाई लिएर गम्भिर प्रश्नहरू खडा भएका छन्, अझै भनौं न्यायिक जगतमा खैलाबैला मच्चिएको छ । यसका साथै प्रहरी तथा सशस्त्रका उच्च अधिकारी, सांसद तथा उच्च पदस्थ कर्मचारीहरूसमेत सापकोटाको सम्पर्कमा रहेको देखिएका छन् । हुन त यस्तो घटना पहिलोपटक भएको भने होइन तर अहिलेको यो इनम प्रकरण भने शक्तिशाली र धमाकेदार महसुस भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)