इनम प्रकरण र न्यायालयको दुरावस्था
clickmandu.com · Sun Nov 01 06:15:44 UTC 2026

न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख अङ्गहरू हुन् । ती तीन अङ्गहरूमध्ये सर्वाधिक महत्त्व रहेको न्यायपालिकाभित्र इनम सापकोटा प्रकरणले ठूलै आँधीतुफान मच्चाएको अवस्था छ । न्यायको मन्दिर र जनआस्थाको केन्द्र पनि भएकाले न्यायपालिकालाई यहाँ सर्वाधिक महत्त्वको भनिएको हो । न्यायालयमा मात्र नभई यसले समग्र सुरक्षा निकाय र राजनीतिक वृत्तमा पनि पराकम्पन छाडेको छ। वर्तमानको यो आँधीतुफान र यसका पराकम्पनले कस-कसलाई किनारा लगाउने हो या यो काण्ड त्यत्तिकै सेलाएर जाने हो? त्यो त भविष्यले नै देखाउला।
बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको मोबाइल फोनबाट बाहिरिएका कुराकानी, तस्बिर र आर्थिक लेनदेनसम्बन्धी फेहरिस्त विवरणहरूले नागरिकहरूको न्यायपालिकाप्रतिको आस्था र सम्मान, अदालतको साख, उच्च परमासनमा आसीन न्यायमूर्तिहरूको अनुशासन, इमानदारिता र आचरण तथा राज्यका विभिन्न अङ्गहरूबीचको सम्बन्धलाई लिएर गम्भीर प्रश्नहरू खडा भएका छन्, अझ भनौँ न्यायिक जगत्मा खैलाबैला मच्चिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)