न्यायको कठघरामा न्यायालय
nepalsamaya.com · Sun Nov 01 06:55:10 UTC 2026

न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख अंगहरु हुन। ती तीन अंगहरु मध्ये सर्वाधिक महत्व रहेको न्यायपालिका भित्र इनम सापकोटा प्रकरणले ठूलै आँधी तुफान मच्चाएको अवस्था छ। न्यायको मन्दिर र जन आस्थाको केन्द्र पनि भएकोले न्यायपालिकालाई यहाँ सर्वाधिक महत्वको भनिएको हो। न्यायालयमा मात्र नभई यसले समग्र सुरक्षा निकाय र राजनीतिक वृत्तमा पनि पराकम्पन छाडेको छ। वर्तमानको यो आँधी तुफान र यसका पराकम्पनले कस कसलाई किनारा लगाउने हो या यो काण्ड त्यतिकै सेलाएर जाने हो ? त्यो त भविश्यले नै देखाउला।
विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको मोबाइल फोनबाट बाहिरिएका कुराकानी, तस्वीर र आर्थिक लेनदेन सम्बन्धी फेहरिस्त विवरणहरूले नागरिकहरुको न्यायपालिका प्रतिको आस्था र सम्मान, अदालतको साख, उच्च परमासनमा आसिन न्यायमूर्तिहरूको अनुशासन, इमान्दारिता र आचरण तथा राज्यका विभिन्न अङ्गहरुबीचको सम्बन्धलाई लिएर गम्भीर प्रश्नहरू खडा भएका छन, अझै भनौं न्यायिक जगतमा खैलाबैला मच्चिएको छ। यसका साथै प्रहरी तथा सशस्त्रका उच्च अधिकारी, सांसद तथा उच्च पदस्थ कर्मचारीहरु समेत सापकोटाको सम्पर्कमा रहेको देखिएका छन। हुन त यस्तो घटना पहिलो पटक भएको भने होइन तर अहिलेको यो इनम प्रकरण भने शक्तिशाली र धमाकेदार महसुश भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)