मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार पक्राउ प्रकरणमा सरकारले जिम्मेवारी लिनुपर्छ !

baahrakhari.com · Sun Nov 01 09:27:09 UTC 2026

नेपाल प्रहरीले शुकवार केही पत्रकारहरूलाई विना पुर्जी पक्राउ गरेको र सादा कपडामा पत्रिकाको कार्यालयमा गएर तर्साएको घटनालाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै व्यापक निन्दा र आलोचना भयो । शुकवार पक्रेर कम्तीमा शनिवार र आइतवारसम्म गैरकानुनी थुनामा राख्ने सरकारको मनसुवा देखिए पनि व्यापक आलोचनाका कारण पूरा भएन । पक्राउ गरिएका सबै नै शुकवार साँझ रिहा गरिएका छन् ।

आश्चर्य, सरकारी अधिकारीहरू भने आफूले गरेको कामको जिम्मेवारी लिनबाट पन्छिन खोज्दैछन् । नेपाल प्रहरीका प्रवक्ताले घटनाका बारेमा गोलमटोल उत्तर दिएका छन् । प्रधानमन्त्रीको कार्यालय आफ्नो संलग्नता नै नभएको भन्दै पन्छन खोजेको छ । प्रहरीको तालुकवाला गृह मन्त्रालय भने मौन र घटनाप्रति निस्पृह देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)