कपिलवस्तुमा हवाइ फायर गरेर लागूऔषधसहित दुई जना पक्राउ
khabarhub.com · Sun Nov 01 10:25:40 UTC 2026

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड हवाइ फायर गरी खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट लागूऔषध भित्र्याई कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
मिति २०८३/०७/१५ गते (सन् २०२६ नोभेम्बर १) खोजतलास तथा अनुसन्धानका क्रममा शङ्का लागेर चेकजाँच गर्न खोज्दा प्रहरीमाथि नै प्रतिकार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन चेतावनीस्वरूप २ राउन्ड हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)