मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जना पक्राउ गर्न प्रहरीले गर्‍यो हवाई फायर

nepalviews.com · Sun Nov 01 12:00:27 UTC 2026

कपिलवस्तु । लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरीले कपिलवस्तुको वाणगंगाबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको छ ।

शनिबार दिउँसो करिब २ बजे वाणगंगा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण नास्ता पसलमा इलाका प्रहरी कार्यालय पिपरा र लागुऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)