बो*क्सी आरोपमा निर्दोष महिलामाथि अमानवीय हर्कत दोहोरिन्छन्
nagariknews.nagariknetwork.com · Mon Nov 02 06:44:30 UTC 2026

कैलालीको भजनी नगरपालिका वडा नं ५ बस्ने ५६ वर्षीया हसनादेवी डगौरा मंगलबार राति घरमा सुतिरहेकी थिइन्। उनले कसैको केही बिगोरेको वा गल्ती गरेको पनि थिइनन्। एक्कासि घरमा ४ जना प्रवेश गरेर उनलाई ‘तँ बोक्सी होस्’ भन्दै लछारपछार गरि मरनासन्न हुने गरि कुटपिट गर्न थाले। निरिह हजुरआमालाई ४ जनाले सामुहिक रुपमा मरनासन्न हुने गरि कुटपिट गरेको देखेपछि उनका नाती संजित चौधरीले बचाउन गए। उनमाथी समेत निर्घात कुटपिट गरियो।
घरमा सुतिरहेको बेला आएका चार जनाले बोक्सीको आरोप लगाएर गालीबेइज्जत गर्दै कुटपिट गरेको पीडित महिलाले बताएकी छन्। मंगलबार राति करिब ९ बजे चारै जना महिलाको घरमा पुगेर कुटपिट गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)