मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको हैदराबादमा ‘एग डोनेसन’ गिरोह सक्रिय : ४३ महिलाको उद्धार, ९ जना पक्राउ

ratopati.com · Mon Nov 02 10:21:47 UTC 2026

हैदराबाद । भारतको हैदराबादस्थित मल्काजगिरि प्रहरीले विभिन्न राज्यमा सञ्जाल फैलाएर चलाइएको एउटा ठुलो अवैध डिम्ब (एग) दान र्‍याकेटको पर्दाफास गरेको छ ।

प्रहरीले विभिन्न स्थानमा छापा मारेर ४३ जना महिलालाई सकुशल उद्धार गरेको छ भने एक होस्टेल सञ्चालकसहित ९ जना अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरी अनुसन्धानका अनुसार आर्थिक रूपमा विपन्न महिलाहरूको बाध्यताको फाइदा उठाउँदै यो अवैध धन्दा चलाइएको थियो । ग्राहकको मागअनुसार जात, धर्म, छालाको रङ, उचाइ, शिक्षा र क्षेत्रका आधारमा महिलाहरूको छनोट गरी डिम्ब संकलन गर्ने गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)