मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भुवन चन्द मृत्यु प्रकरणमा सात जनाविरुद्ध किटानी जाहेरी

gorkhapatraonline.com · Mon Nov 02 11:16:29 UTC 2026

सल्यानको दार्मा गाउँपालिका–३ स्थित दोभान खोलामा मृत फेला परेका दार्मा गाउँपालिका–४ गलाँतका २५ वर्षीय भुवन चन्दको मृत्यु प्रकरणमा परिवारले सात जनाविरुद्ध किटानी जाहेरी दिएको छ ।

घटनाको प्रकृति शंकास्पद देखिएकाले सत्य तथ्य छानबिनको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालय सल्यानमा सात जनाविरुद्ध किटानी जाहेरी दिएको मृतककी भतिजी यशुधा चन्दले बताउनुभयो। उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न माग गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)