मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगरको बालसुधार गृहमा प्रहरीको सर्च, गाँजादेखि मोबाइलसम्म भेटियो

annapurnapost.com · Mon Nov 02 12:07:47 UTC 2026

विराटनगर : बालसुधार गृहभित्रै लागुऔषध गाँजा र प्रतिबन्धित मोबाइल फोन भेटिएपछि त्यहाँको सुरक्षा प्रबन्धमाथि गम्भीर प्रश्न उठेको छ। क्षमताभन्दा झन्डै चार गुणा बढी बालबिज्याइँकर्ता राखिएको सुधार गृहमा प्रहरीको निगरानी हुँदाहुँदै पनि निषेधित सामग्री भित्रिनुले सुरक्षा व्यवस्थाको प्रभावकारितामाथि शंका बढाएको हो। विराटनगर महानगरपालिका–३ स्थित बालसुधार गृहमा सोमबार प्रहरीले सञ्चालन गरेको सर्च अभियानका क्रममा गाँजाको सानो पोका, ६ थान मोबाइल फोन र सुर्तीजन्य सामग्री फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले बिहानदेखि सुधार गृहका विभिन्न स्थानमा खोजी गरेको थियो। जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमेशलाल श्रेष्ठ र वडा प्रहरी कार्यालयका इन्स्पेक्टर साजन महतराको नेतृत्वमा ४० जना प्रहरीको टोली बिहान १०ः१५ बजे सुधार गृह पुगेको थियो। करिब डेढ घण्टाभन्दा बढी समय लगाएरगरिएको खोजतलासमा प्रतिबन्धित सामग्री भेटिएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)