मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाँजा तस्करी रोक्न प्रहरी निगरानी

gorkhapatraonline.com · Tue Nov 03 00:35:16 UTC 2026

कहिले यात्रुको लगेजमा, कहिले कागजातको आवरणमा कुरियरबाट त कहिले विमानस्थलमा लगेज नै साटेर अन्तर्राष्ट्रिय गाँजा तस्करले विदेशी गाँजाको ट्रान्जिट बनाउन सक्ने देखिएपछि निगरानी र कारबाही बढाइएको छ ।

परम्परागत शैलीको तस्करीलाई बदलेर निगरानी छल्न लागुऔषधका कारोबारीले अनौठो शैली अपनाउन थालेपछि प्रहरीले उच्च निगरानी र कारबाही सुरु गरेको हो । लागुऔषध नियन्त्रण ब्युरोले कात्तिक १० गते थाइल्यान्ड हुँदै मलेसियाबाट काठमाडौँ आएको बाटिक एयरको उडान नम्बर ओडी–१८२ का दुई भारतीय नागरिकलाई १५ केजी ‘थाई गाँजा’ सहित पक्राउ गर्‍यो । पक्राउ पर्नेमा ४६ वर्षीय सबानाबानु महम्मद सेख र सरिफ अब्बास अन्सारी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)