मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार सुरक्षामा प्रहरीको विशेष योजना, थप ५० हजार प्रहरी परिचालन

gorkhapatraonline.com · Tue Nov 03 01:28:29 UTC 2026

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण र नागरिकको सुरक्षाका लागि प्रहरीले थप ५० हजार चार सय जनशक्ति परिचालन गरेको छ ।

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) एवम् केन्द्रीय प्रहरी प्रवक्ता अबि नारायण काफ्लेका अनुसार दसैँदेखि नै लागू गरिएको सुरक्षा योजनालाई तिहारका लागि थप परिमार्जन गर्दै कडाइका साथ कार्यान्वयन गरिएको हो । असोज २१ गतेदेखि सञ्चालनमा रहेको सुरक्षा योजनाअन्तर्गत प्रदेश, जिल्ला तथा काठमाडौँ उपत्यकामा कमाण्ड पोस्ट स्थापना गरी सुरक्षा गतिविधि सञ्चालन भइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)