उदयपुर गाँजा बरामद प्रकरण : परिमाणदेखि समयक्रमसम्म बाझिए सुरक्षा निकायका विवरण
nepalpress.com · Tue Nov 03 06:30:08 UTC 2026

जनकपुरधाम । कात्तिक १५ गते साँझ करिब साढे ४ बजे उदयपुरको बेलका नगरपालिका-८, दिवाजोरमा गाँजा बोकेको एउटा ट्रक सुरक्षाकर्मीको नियन्त्रणमा पर्यो। ट्रकमा ठूलो परिमाणमा गाँजा रहेको सूचना सुरक्षा निकायका उच्च अधिकारीहरूसम्म पुगिसकेको थियो।
भोलिपल्ट (कात्तिक १६ गते) दिउँसोसम्म पनि आधिकारिक विवरण सार्वजनिक नभएपछि नेपाल प्रेसले सोधिखोजी गरेको थियो । सशस्त्र प्रहरी बलले भोलिपल्ट मात्रै ट्रकबाट ७ हजार ८२६ किलो ८०० ग्राम (करिब ७.८ टन) गाँजा बरामद भएको विज्ञप्ति जारी गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)