डोल्पा कारागारबाट कैदी फरार प्रकरण : छानबिन गर्न प्रदेश र केन्द्रको टोली पुग्यो
khabarhub.com · Tue Nov 03 07:59:50 UTC 2026

काठमाडौँ – डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटासहित केन्द्रीय प्रहरी टोली डोल्पा पुगेको छ ।
केन्द्रीय टोलीको नेतृत्व एसएसपी राजीव बस्नेतले गरेका छन् । दुवै टोलीले कारागारको सुरक्षा व्यवस्था, कैदीबन्दी फरार हुनुअघिको अवस्था तथा सुरक्षाकर्मीको जिम्मेवारी र निगरानीमा भएको कमजोरीबारे स्थलगत अध्ययन गर्ने कर्णाली प्रदेशका एसएसपी सन्तोषसिंह राठौरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)