कारागारबाट कैदी फरार प्रकरणः छानबिन गर्न डीआईजी सापकोटा डोल्पामा
bishowkhabar.com · Tue Nov 03 08:04:03 UTC 2026

काठमाडौं – डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर कैदी फरार भएको घटनाको अनुसन्धान तथा खोजी कार्यलाई प्रभावकारी बनाउन कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटा मंगलबार डोल्पा पुगेका छन् ।
गत शुक्रबार राति कारागारबाट फरार भएका कैदीहरूको खोजी तथा घटनाको स्थलगत अनुगमन गर्न डीआईजी सापकोटा डोल्पा पुगेका हुन्। उनीसँगै घटनाको छानबिन गर्न गठित टोली पनि डोल्पा पुगेर अनुसन्धानमा जुटेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी सन्तोषसिंह राठौरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)