मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पटाकाजन्य विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

ratopati.com · Tue Nov 03 15:47:31 UTC 2026

काठमाडौँ। तिहारमा भाइ मसला बनाउन प्रयोग गर्ने म्याद गुज्रिएका चकलेट तथा अवैध रूपमा भण्डारण गरिएका पटाकाजन्य विस्फोटक पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत घर भई हाल काठमाडौँ महानगरपालिका–६, तिनचुली बस्ने २९ वर्षीय रमनकुमार पटेल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–६ तिनचुली चोकस्थित एक घरमा पटेलले अवैध रूपमा पटाका सञ्चय गरी राखेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)