मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पटाकाजन्य विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

baahrakhari.com · Tue Nov 03 16:48:29 UTC 2026

काठमाडौं । तिहारमा भाइ मसला बनाउन प्रयोग गर्ने म्याद गुज्रिएका चकलेट तथा अवैध रूपमा भण्डारण गरिएका पटाकाजन्य विस्फोटक पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने २९ वर्षीय रमनकुमार पटेल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–६ तिनचुली चोकस्थित एक घरमा पटेलले अवैध रूपमा पटाका सञ्चय गरी राखेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)